पत्रकार दीपक पाठक पक्राउ

दीपक पाठक

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालबाट गाली गलौज गर्ने पत्रकार दीपक पाठक पक्राउ परेका छन्।

रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठक विहीवार विहान पक्राउ परेका हुन्।

प्रहरीको साइबर ब्युरोले साइबर अपराध गरेको आरोपमा पाठकलाई पक्राउ गरेको हो।

नेकपा अध्यक्ष प्रचण्डलाई सामाजिक संजालबाट निरन्तर गाली गलौज र आपत्तिजनक टिप्पणी गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनाएकाे छ।

झापा घर भएका पाठक प्रधानमन्त्री केपी शर्मा ओली निकट पत्रकार मानिन्छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

36003