बलिउड अभिनेता ऋषि कपुरको निधन

ऋषि कपुर

काठमाडौँ, १८ वैशाख। बलिउड अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको विहीवार विहान मृत्यु भएको उनका दाजु रणधीर कपूरले पुष्टि गरेका छन्।

अमेरिकामा झण्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि उनी गत सेप्टेम्बरमा मुम्बई फर्किएका थिए।

सन् १९५२ मा जन्मिएका ऋषिले पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०) मा बालकलाकारका रुपमा चलचित्रमा प्रवेश गरेका थिए।

ऋषि कपुर

जीवनकालभर ९२ फिल्ममा रोमान्टिक रोल निर्वाह गरेका ऋषिका ३६ फिल्म बक्स अफिसमा हिट भएका छन्। उनको ‘खुल्लम खुल्ला : द ऋषि कपुर अन्सेन्सर्ड’ बायोग्राफी प्रकाशित छ।

ऋषिका पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन्। छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन्।

हिजो बुधवार मात्र बलिउडका अर्का चर्चित अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन भएको थियो।

दुई दिनभित्र दुई कलाकार गुमाएसंगै बलिउड अहिले शोकमा डुबेको छ।

इरफान खान र ऋषि कपुर
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36008