नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या?

फाइल फोटो

काठमाडौं – नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो। उनी सामान्य लक्षणमै निको भए।

पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन्। यी दुवै विदेशवाट आएका थिए।

यी दुवै जना कुनै स्वास्थ्य समस्या विनै निको भएका थिए। देशभरमा कुल संक्रमित ५९ जना मध्येमा १६ जना पनि कुनै जटिल समस्या विनै डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितहरुको स्वास्थ्य पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ।

विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा,उच्चरक्तचाप,दम,मिर्गौला,मधुमेह,क्यान्सर र मुटु रोगीहरुमाल जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनले देखाएका छन्। तर नेपालमा वृद्व–वृद्वा तथा दीर्घरोगीहरुमा समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन्। विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड– १९ संक्रमितमा ज्वरो आउने,सुख्खा खोकी लाग्ने, नाकवाट पातलो पानी वग्ने,श्वास फेर्न गाह्रो हुने र थकाइ लाग्ने जस्ता लक्षण हुन्छन्। यो समाचार नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन्।
[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36118