Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुबईमा ८ हजार नेपाली देह ब्यापारमा

काठमाडौं, २४ पुस। भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दुबईमा रोजगारीको प्रलोभन देखाएर आठ हजारभन्दा बढी नेपाली महिलालाई देहव्यापारमा लगाइएको दाबी गरेको छ। दलालले उनीहरूलाई भारतको दिल्ली हुँदै दुबई पुर्‍याइएको सिबिआईले जनाएको छ।

केन्या लैजाने बहानामा उनीहरूलाई दुबईमा लगेर देहव्यापारका लागि बाध्य पारिएको अनुसन्धानमा पुष्टि भएको सिबिआईका एक उच्च अधिकारीले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ‘उनीहरूलाई केन्या लैजाने भनेर प्रलोभनमा पारिएको हुन्छ, तर दुबई पुगेपछि अलपत्र पारेर दलालको फन्दामा पुर्‍याइन्छ,’ ती अधिकारीले भारतीय दैनिक टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘एक वर्षको अनुसन्धानले उनीहरूलाई दुबईमै राखेर देहव्यापारमा लगाइएको पुष्टि भएको छ।’

सन् २०१४ मा ब्युरोले अनुसन्धानका लागि एयर इण्डिया, कतार एयरवेज, अध्यागमन ब्यूरो, विदेशी नागरिक दर्ता कार्यालय र १५ वटा ट्राभल एजेन्सीमार्फत सूचना सङ्कलन गरेको भारतको सिलगुडीबाट प्रकाशित हिमालय दर्पणले बुधवारको अङ्कमा लेखेको छ। दलालहरूले नेपाली युवतीलाई दुबई हुँदै केन्या लैजाने प्रलोभन देखाउने गरेको पाइएको अनुसन्धानमा देखिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।





Comments

comments

3625