Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तारा एयरलाइन्स विश्वकै असुरक्षित हवाई कम्पनी

काठमाडौं, २४ पुस। केही समयअघि उडान नै अयोग्य भनेर सिफारिस गरिएको जहाज ‘सेटिङ’मा दर्ता गरेर बिक्रीमा राख्ने तारा एयर विश्वकै असुरक्षित विमान कम्पनीको रुपमा अन्तर्राष्ट्रिय एजेन्सीले सूचीकृत गरेको छ।

अमेरिका मुख्यालय रहेको ‘एयरलाइनरेटिङ्स डटकम’ नामक नामक वेभसाइटले विश्वभर सबै हवाई कम्पनीको वर्तमान अवस्था सार्वजनिक गर्दै तारा एयरलाइन्सलाई विश्वकै असुरक्षित चार हवाई कम्पनीको सूचीमा समावेश गरेको छ।

तारा एयरसँगै नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स समेत असुरक्षित हवाई कम्पनीको सूचीमा सूचीकृत भएको छ। नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानले राम्रै विश्वास आर्जन गरे पनि दुर्घटनाबाटै सकिएको आन्तरिक उडान भर्ने जहाजका कारण नेपाल एयरलाइन्सको साख नराम्रोसँग गुम्न पुगेको छ। सो वेबसाइटले नेपालको तारा एयरलाई पुराना जहाज तथा बढी दुर्घटनाको कारण मानवीय क्षति हुने जहाज भन्दै असुुरक्षित हवाई कम्पनीको रुपमा दर्ज गरेको समाचार आजको आर्थिक दैनिकमा प्रकाशित छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

3628