कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर

फाइल फाेटाे

कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ।

सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ।

गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए।

त्यहाँ हाल प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् । उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो। आजको राजधानी दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36315