नेपालमा फेरि थपिए १३ जना कोरोना सङ्क्रमित, संक्रमितको संख्या १३४ पुग्याे

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, २९ बैशाख। नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसअघि, सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरुमा कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का बासिन्दा रहेका छन्। उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन्। यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ।

यससंगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १३४ पुगेको छ। तिमध्ये ३३ जना कोरोना जितेर स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36284