कन्चनलाई बेलायतको शाही सम्मान साथ मानवता सेवा पुरस्कार

कन्चन अमात्य

बिजय थापा / एचकेनेपाल डट कम –

डिसी। काठमाडौँ जावलाखेल घर भै हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई बेलायतको शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ।

बेलायती शाही परिवारद्वारा मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो। यो बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान पाइने उच्च पुरस्कार हो।

सोही अवसरमा अमात्यसहित १९ राष्ट्रहरुका व्यक्तिहरुलाई सम्मान गरिएको छ। जसमा बेलायत, क्यानाडा, मलेसिया, नाईजेरिया, तान्जेनिया र भारतका नागरिकसमेत रहेका छन्।

ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्लले स्पेन्सर पुरस्कार समारोहमा वितरण गरेका थिए। अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन्। उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए।

सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन्। गत बर्ष २०१९ मा अमात्यले डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भै सकेकी थिइन्।

छोरीको पुरस्कार ग्रहण गर्दै कन्चनकी आमा

पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गर्नु भएको थियो। आमा कृष्ण अमात्यले एक आमाको रूपमा एउटा बच्चा(कन्चन) पाएकोमा अत्यन्त गर्व गर्छु भन्नु भएको छ।

कन्चनले उक्त पुरस्कार अन्तर्राष्ट्रिय आमा दिवसको अवसरमा म यो पुरस्कार विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन्, भनेकी छन्। र जसले सबै कठिनाइहरूको बाबजुद पनि – मेरो उत्तम पालनपोषण सम्भव भएको जनाएकी छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36326