Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
ढोका थुनेर बस्दा काठमाडौंमा ‘झ्यालबाट छिर्‍यो’ कोरोना – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

ढोका थुनेर बस्दा काठमाडौंमा ‘झ्यालबाट छिर्‍यो’ कोरोना

फाइल फाेटाे

मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे।

ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो।

उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले काठमाडौं उपत्यकाबाहिर समूदायमै संक्रमण फैलिएको हुनसक्ने आधारलाई बलियो बनाइदिएको छ।

पछिल्ला संक्रमितको यात्रा विवरणले संक्रमित क्षेत्रबाट राजधानी प्रवेश गरेका व्यक्तिहरुको परीक्षण र उनीहरुको सम्पर्कमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्नुपर्ने देखिएको छ ।

लकडाउनको ५२ दिन आइपुग्दा हामी चैत १० गतेभन्दा पनि गम्भीर र जटिल मोडमा आइपुगेको समाचारमा उल्लेख छ।

जनस्वास्थ्यविद् दिनेश न्यौपाने भन्छन्–‘हामीले बाहिरबाट संक्रमण भित्रन्छ भनेर ढोका थुन्न खोज्दाखोज्दै झ्यालबाट प्रवेश गरिसकेको पत्तो पाएनौं। उनले सीमा बन्द गर्दा चोरबाटो हुँदै प्रवेश गर्नेको संख्या बढेको सुनिएको भन्दै यसले थप जोखिम बढाउने चेतावनी दिए।
कान्तिपुर दैनिकमा खबर छ।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]





Comments

comments

36367