Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संविधान बने मात्र चिनियाँ राष्ट्रपति नेपाल आउने

हङकङ, चिनियाँ राष्ट्रपति सी जिनपिङको सन् २०१५ मा हुने जारी भएको अवस्थामा मात्र सम्भव हुने बेइजिङस्थित एक विज्ञले बताएका छन्। उनका भनाइमा संविधान नआएको खण्डमा सीको भ्रमण पछाडी धकेलिन सक्छ।

हालै काठमाडौंबाट तिब्बत हुँदै बेइजिङ फर्केका सरकारी थिंक ट्यांकसम्बद्व नेपालविज्ञ हु सिसेङले नयाँ संविधान निर्माण भए उच्चस्तरीय भ्रमणका लागि मार्गप्रस्शत हुने बताउँदै भने, ‘तर समसयमा संविधान नआए भ्रमण पछाडी धकेलिन सक्ने सम्भावना पनि छ। आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

‘संविधानसभाले संविधान निर्माण कार्य पूरा गरे उच्चस्तरीय भ्रमणको सम्भावना बलियो हुनेछ,’ चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोरेरी इन्टरनेशनल रिलेसन्स (सीआईसीआईआर) अन्र्तगत साउथ एण्ड साउथ एस्ट एसियन एण्ड ओसिनिया स्टडिज सेन्टरका निर्देशक रहेका हुले भने,‘ वर्तमान संवैधानिक द्वन्द्वको सफल अन्त्यले पक्कै पनि उच्चस्तरको भ्रमणको मार्ग प्रशस्त गर्नेछ।’

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

3639