विजय थापा / एचकेनेपाल डट कम –
१५ बर्षदेखि युगान्डामा कार्यरत नेपाली सेफको निधन भएको छ। जुभुंग -९, गुल्मी घर भै हाल बुटवल निबासी दानबहादुर खत्रीको उपचारको क्रममा मुलागो अस्पताल, कम्पाला, युगान्डामा असामयिक निधन भएको हो।
खत्री युगान्डाको कोलोलो कम्पालास्थित खाना खजाना रेस्टुरेण्टमा सेफको रुपमा कार्यरत थिए। खत्रीको असामयिक निधनप्रति गैरआबासीया नेपाली संघ अफ्रिकाका संयोजक हिक्मत थापा तथा युगान्डाको अध्यक्ष रमेश कंडेलले गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गरेका छन्।