अधिकृतको कमाइ २६ करोड !

फाइल फोटो

काठमाडौं – खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ।

आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको २६ करोड ६० लाख ६९ हजारमध्ये १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको खुलेको हो। यो समाचार राजधानी दैनिकमा छ।





Comments

comments

36553