हङकङका विद्यालयहरु ३ चरणमा खुल्दै…

फोटोः 247 News TODAY

पशन तमू / एचकेनेपाल डट कम-

हङकङ, २५ मे। कोरोना महामारीका कारण बन्द रहेका हङकङका विद्यालयहरु तीन चरणमा खुल्ने भएका छन्।

शिक्षा ब्यूरोले सोमबार दिएको जानकारी अनुसार हङकङका सबै विद्यालयका कक्षाहरु क्रमशः र व्यवस्थित ढंगले फेरि सुचारू हुनेछन्।

पहिलो चरणमा मे २७ तारिखबाट S3 देखि S5 सम्मका कक्षाहरु सञ्चालन हुने छन्। दोश्रो चरणमा जुन ८ तारिखबाट S1 र S2 का कक्षाहरु सञ्चालन हुने छन्। सोही तारिखबाट P4 देखि P6 सम्मका कक्षाहरुसमेत सञ्चालन हुने छन्।

त्यस्तै, तेश्रो चरण जुन १५ तारिखबाट P1 देखि P3 सम्मका कक्षाहरु सञ्चालन हुने भएका छन्। सोही तारिखबाट K3 को कक्षासमेत सञ्चालन हुने छन्।

विद्यालय खुले पनि विद्यार्थीहरुले १ मिटरको दूरी कायम गर्नु पर्ने छ। कक्षा आधा दिनमात्र सञ्चालन हुने छन्।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

36687