५ दिनदेखि भारतको ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

ओढारमा नेपाली

बैतडी – सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन्।

विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन्। भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन्।

कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन्।

ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्रहरीबाट लखेटिए भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन्।

बजारमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेले लखेट्ने गरेको अलपत्र नेपाली बताउँछन्।

उनीहरु भन्छन्, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लाट्ठी, हँसिया लिएर लखेट्न आउँछन् ।’ केही व्यक्ति ओढारबाट समेत लखेटिएको उनले बताए। यो समाचार राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36749