कोरोनाबाट अमेरिकामा १ लाखकाे मृत्यु…

फाइल फाेटाे

न्युज डेस्क / एचकेनेपाल डट कम –

२७ मे, विश्वभर कोरोना भाइरस (कोविड १९)को सङ्क्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ लाख ५२ हजार नाघेकाे छ। सङ्क्रमितको संख्या ५६ लाख नाघेको छ।

अमेरिकामा मात्रै कोरोना सङ्क्रमणका कारण १ लाख ५ सय ७२ जनाले आफ्नाे ज्यान गुमाएका छन्। सङ्क्रमितको संख्या १७ लाख २५ हजार नाघेको छ। बेलायतमा ३७ हजार बढी मानिसकाे ज्यान गएकाे छ भने २ लाख ६५ हजारमा काेराेना सङ्क्रमणकाे पुष्टि भएकाे छ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणबाट ४ हजार ३ सय ४४ जनाकाे ज्यान गएकाे छ। सङ्क्रमितको संख्या १ लाख ५० हजार नाघेकाे छ।

नेपालमा ७७२ जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएकाे छ। तिमध्ये १५५ जनाले काेराेना जितेर घर फर्किसकेका छन्।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले सबैभन्दा ठूलो प्रभाव अमेरिका, ब्राजिल, रुस, स्पेन, बेलायत र इटालीमा पारेको छ।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

36734