सगरमाथाको नयाँ उचाइ कहिले ?

फाइल फोटो

काठमाडौं – नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पुर्याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ।

६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ।

सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ।

नेपालका तर्फबाट सगरमाथा नयाँ मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए। यो समाचार राजधानी दैनिकमा निराजन पौडलले लेखेका छन्।





Comments

comments

36801