आमाको दूधबाट कोरोना सर्दैन

फाइल फोटो

पछिल्लो समय कोरोना भाइरसले दुई महिनाको शिशुलाई पनि सङ्क्रमित बनाएको छ। यस्तै कोरोना सङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने कोरोना देखिएको छैन।

धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि कोरोना सङ्क्रमण देखिएपछि महिलाको मृत्यु भयो तर शिशुमा कोरोना देखिएन । के शिशुलाई कोरोना सर्दैन ? शिशुको रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ ? यिनै विषयमा परोपकार, प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत प्रमुख बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीसँग कुरा गरिएको छ। उनका भनाइ यस प्रकार छन्:

कोरोना भाइरस शिशुलाई नलाग्ने भन्ने हुँदैन । कोभिड–१९ रोग नयाँ भएकाले यसको अनुसन्धान कम भएको छ । अहिले जे देखिइरहेको छ त्यसैका आधारमा मानिसले आकलन गरेका छन् । जति पनि बाहिरतिर सिरिएस केस ६० वर्षभन्दा माथिका र अरू दीर्घरोग भएकालाई कोरोना भाइरस बढी देखिएको छ । बालबालिकामा त्यति जटिल अवस्था देखिएको थिएन । शिशुमा कोभिड हुँदै नभएको भने होइन । हामीकहाँ अहिलेसम्म देखिएकोमा आमासँग बसिरहेका बालबालिकामा कोरोना देखिएको छ । दुई महिनाको शिशुमा पनि कोरोना देखिएको छ तर कसैमा पनि जटिल भएको भन्ने छैन । भएकोमा पनि अरू केही न केही रोग छ भने मात्र जटिल भएको छ । भर्खर जन्मेको शिशुमा कोरोना देखिएको छैन । चीनमा जम्मा तीन शिशुमा देखिएको थियो । त्यसमा पनि पीसीआर गर्दा नेगेटिभ आएको थियो । बालबालिकाको कुरा गर्दा आमाको पेटबाटै शिशुमा सरेको छैन। पछि आमाको श्वासप्रश्वास, थुकबाट भने सर्न सक्छ।

भर्खर जन्मेकामा भने आमालाई छ भने पनि शिशुलाई देखिएको छैन । पेटभित्र सर्न सक्दैन । आमाको दूध खुवाउँदा, आमाको दूधमा पनि परीक्षण गरियो । त्यसमा पनि देखिएको छैन । दूधबाट सर्ने होइन । मुख्य सर्ने भनेको श्वासप्रश्वासबाटै हो । आमाले हात राम्रोसँग धुने, मास्क लगाएर दूध खुवाउने हो भने शिशुमा सर्न सक्दैन । बालबालिकामा रोगसँग लड्ने क्षमता पनि धेरै हुन्छ । धुलिखेलमा आमाको कोरोनाका कारण मृत्यु भयो । त्यस्तै उहाँको शिशुमा कोरोना भाइरस थिएन । त्यसैले पेट भित्रको शिशुलाई कोरोना सर्न सक्दैन । आमा सङ्क्रमित हुनुहुन्छ र उहाँको थुक, श्वासप्रश्वास प्रत्यक्ष शिशुमा गयो भने मात्र सर्न सक्दछ । शिशुमा सर्न सक्ने सम्भावना कम भए पनि हामीले सावधानी भने अपनाउनै पर्छ। गोरखापत्र दैनिकमा समाचार छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

37019