Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युवालाई दुर्व्यसनबाट टाढा राख्न धरानमा सांगीतिक कार्यक्रम

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान। संगीतमार्फत लागुऔषध दुर्व्यसन न्युनिकरणमा सहयोग पुर्याउने धरानका तीन सांगीतिक समूहलाई धरान १८स्थित जागृति युवा क्लबले सम्मान स्वरुप प्रशंसापत्र प्रदान गरेको छ।

‘से एस टु म्युजिक, नो टु ड्रग्स’ नारासहित धरानमा हालै आयोजित जागृति सांगीतिक साँझमा प्रस्तुति दिएका धरानका द आउटसाईडर, तपस्वी र वाकिङ क्लाउड ब्याण्ड तथा नृत्य बाटिकालाई क्लबले प्रशंसात्र प्रदान गरेको हो। लागुऔषध विरुद्ध अभियान चलाईरहेको धरानका डिएसपी सञ्जयसिंह थापाले उनीहरुलाई प्रशंसापत्र प्रदान गर्दै आगामी दिनमा पनि लागुऔषध विरुद्ध लाग्न आग्रह गरे।

कार्यक्रममा ब्याण्डहरुले आफ्नो प्रस्तुतिसँगै युवापुस्तालाई लागु औषधको कुलतमा नफस्न सन्देश दिएका थिए। लागुऔषधका कारण बद्नाम भएको धरानको छवि सुधार्न आफ्नो तर्फबाट सानो पहल स्वरुप यस्तो कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक सनि श्रेष्ठले बताए। उनले युवापुस्तालाई संगीततर्फ आकर्षित गराएर दुव्र्यसनबाट टाढा राख्ने अभियान चलाएको बताए।

कार्यक्रममा बोल्दै धरानका डिएसपी सञ्जयसिंह थापाले अहिले प्रहरी लागुऔषध न्युनिकरणकालागि लागि परेकाले सहयोग गर्न सबैलाई आग्रह गरे। उनले संगीतकर्मीले संगीत मार्फत, सञ्चारकर्मीले कलम मार्फत लागुऔषध विरुद्ध लाग्नु पर्ने बताए। एन्फा उपाध्यक्ष किशोर राईले धरानका युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन युवाहरुले संगीत मार्फत अभियान चलाएकोमा सरकारी निकायबाट समेत सहयोग गर्नु पर्ने बताए। नेपाली कांग्रेसका युवा नेता सन्दीप श्रेष्ठले युवाहरुलाई संगीतबाट परिवर्तन गर्न सकिने भन्दै त्यसतर्फ ध्यान दिन सरोकारवालालाई आग्रह गरे।

थप तस्वीरहरू यहाँ हेर्नुहोस्





Comments

comments

3724