कतारमा सबिना र काजल सम्मानित

बिल गुरूङ / एचकेनेपाल डट कम –
दोहा, कतार । कतारवासी तमूहरुको ल्हु ल्होसार बिशेष कार्यक्रम २०१५ सफल बनाउन कतार आएका कलाकारद्वय सबिना तमूस्यो र काजल तमूस्यो सम्मानित भएका छन। तमू (गुरुङ) समाज कतारको आयोजनामा हालै सम्पन्न उक्त कार्यक्रमको लागि कलाकारद्वयलाई नेपालबाट आमन्त्रण गरिएको थियो।

हालै तमू (गुरुङ) समाज कतारले कलाकारहरुको सम्मानमा रात्रि भोजको आयोजना गरेको थियो। समाजका अध्यक्ष कृष्ण तमूको अध्यक्षतामा एक समारोहको आयोजना गरि कलाकारद्वय सबिना तमूस्यो र काजल तमूस्योलाई सम्मान गरियो । समाजको तर्फबाट संरक्षक बिलबहादुर तमूले क्रमु (पछयौरी) र सम्मानपत्र हस्तान्तरण गरे । त्यसै गरि समाजका सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य अमृत तमू र तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमूले मायाको चिनो प्रदान गरे।

सम्मान कार्यक्रममा आआफनो बिचार राख्ने क्रममा सबिना र काजल कलाकार द्वयले कतारमा आमन्त्रण गरेकोमा तमू समाज कतार प्रति आभार ब्यक्त गरे । तमू हुनुमा गर्व लाग्छ भन्दै प्रवासमा पनि आफनो कला र संस्कृतिको लागि जुटेको तमू समाज कतारलाई धन्यवाद ज्ञापन गरे । समाजले हामी कलाकारलाई जुन मान सम्मान र ईज्जत दिनु भयो त्यसबाट अत्यन्त प्रभावित भएको र बस्नको लागि ओरेक्स रोटना जस्तो होटलको ब्यवस्था गरेकोमा पनि धन्यवाद प्रकट गरे । प्रवासमा रहेका तमू संघ संस्थाले आमन्त्रण गर्दा हामीलाई आफनो कलालाई अरु निखार्न प्रेरणा मिल्ने बिचार ब्यक्त गरे । फेरी फेरी पनि यस्तै अवसर प्रदान गर्नु भयो भने अरु थप मनोरञ्जन दिन कोशिस गर्ने प्रतिबद्धता समेत गरे।

कलाकारहरुको सम्मान तथा बिदाई कार्यक्रममा समाजका आजीवन सदस्य आशलाल तमू भरखरै मात्र अ‍ेरेक्स रोटना होटलमा अशिस्टेण्ट डाईरेक्टरमा पदोन्नति भएकोमा संरक्षक बिलबहादुर तमूले समाजको लोगो अंकीत खाता लगाई दिएर बधाई दिदै अरु प्रगतिको शुभकामना ब्यक्त गरियो । आशलाल तमूको धर्म पत्नी तथा तमू समाज महिला बिभागकी सचिव प्रतिक्षा तमूस्योलाई पनि खाता लगाई बधाई ज्ञापन गरियो।

कतारवासी तमूहरुको चाहना अनुसार यस वर्षको तमूहरुको महान पर्व ल्हु ल्होसारलाई भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्नु भएकोमा कलाकारहरुलाई धन्यवाद ज्ञापन गरियो । आउने दिनमा तपाईहरुको कलाकारीताले अरु निखारीने मौका पाओस भन्दै शुभकामना समेत ब्यक्त गरियो । यसरी शुभकामना ब्यक्त गर्नेहरुमा संरक्षक बिलबहादुर तमू, सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य अमृत तमू, निर्देशक सल्लाहकार बिमल तमू र तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू थिए।

समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार बुधबल तमूले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा द्वित्तीय उपाध्यक्ष रस (शिव) तमूले स्वागत मन्तब्य राखेका थिए । कलाकारहरुको उक्त बिदाई तथा सम्मान कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरु र शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति थियो।

थप तस्वीरहरू यहाँ हेर्नुहोस्





Comments

comments

3726