यसकारण कतारमा रमजानजी जस्तो नेपाली हुनु पर्छ राजदूत !

तिलविक्रम थेवे –
एकजना नेपाली श्रमिक कतारमा निकै सास्तीमा थिए। उनलाई उनका स्पोन्सरले भिषा पनि लाइदिएन, ख्रुज पेपरपनि दिन चाहेन, आजभोलि भन्दा भन्दै चार पाँच महिना कोठामा बस्नु परयो। उनको पीडा असह्य थियो त्यतिकैमा मित्र रामजान अलीजीले उनलाई सिआडीमा सिधै लगेर वास्तविक कुरा स्पष्ट राखेपछि त्यसको दूईदिनपछि त्यो पीडित नेपाल फर्कन सक्यो।


ने
त्यस्तै अर्को एकजनालाई पनि कम्पनीले भिषा नलाइ नदिने र कामप नि नदिने अवस्थामा रहेका वेला सिधै सम्बन्धित ठाउंमा गएर भिषा लगाउन मद्दत गरे। मैले मित्र रमजानजीलाई यस्ता पीडित कति जनालाई सहयोग गर्नु भयो भनेर सोध्दा २०/२५ जनालाई मैले मद्दत गरे भन्नु भयो। मैले पीडित नेपालीहरुको मद्दत त राजदूतावासले गर्छन् नि होइन र ? अझ श्रम सहचारी पनि दूतावासमा हुन्छन् भन्दा मित्र रमजानजीले भन्नु भो मैले मदत गरेका कसैका भिषा नलगाइदिने, तलव नदिने, पक्रेर राख्ने, अर्को स्पोन्सरमा जान चाहदा पनि जान नदिने जस्ता पीडितहरु राजदूतावास गइसकेकाहरु नै हुन्। कहिकतैबाट केही सिप नलागेपछि पीडितहरु म कहा आएका थिए अनि मैले सक्दो मद्दतसम्म गरेको हु।

ति पीडितहरुलाइै फेरि मैले भेटे र सोध्दा आफूहरु राजदूतावासमा सहयोगका लागि जादा पनि हाम्रो समस्या समाधान नभएको हुनाले हामीले रामजान अलिसरसंग मदत माग्दा दुई तीन दिनभित्रै हाम्रो काम बनियो। हाम्रो लागि त रमजान अलि सर जस्तोलाई नेपाल सरकारले राजदूत बनाएर पठाइदिए हुने थियो। मित्र रमजानजीले समस्यामा परेका पीडित नेपालीहरुको उद्धार गर्नका लागि नेपाली समुदायका विचमा निकै सक्रिय भएर काम गरिराख्नु भएको रहेछ भनेर मैले केही फेरी मैले नेपाली समुदायका संघसस्था र बौद्धिक व्यक्तिहरुसंग कुरा गर्दा उहाँहरुको एउटा निष्कर्ष थियो रमजान अलीलाई राजदूत नेपाल सरकारले नियुक्त गरे साच्चै राम्रो हुने थियो।

त्यसपछि मैले रमजानजीको विषयमा केही कुरा जानकारी दिन मन लागेको हो। प्रो.मोहम्मद रमजान अली मियाँ अरविक भाषाका गुरु हुन् भने इस्लाम यूनिभरसिटी अफ कँराची पाकिस्तानबाट अरविकमा एम ए र इस्लामिक स्टडिजमा एम.ए. गरेका मियाँ हाल पिएचडी गर्न शोधकार्यमा व्यस्त हुनुहदो रहेछ। करीव दुई दर्जन जति पुस्तकहरु लेखेका मियाको निकै सहयोगी व्यक्तिका रुपमा कतारमा नेपाली समुदायका विचमा परिचित हुनु भएको छ।

नेपाली समुदायका विचमा विभिन्न रितले योगदान दिइरहनु भएका रमजानजीलाई नेपाली संघसस्थाहरुद्धारा पनि सम्मान गरिने गरिएको छ। कतारको श्रम कानुन (श्रम ऐन २००४) लाई नेपालीमा अनुवाद, राष्ट्रिय मानव अधिकार समिति कतारको श्रमिक अधिकार पुस्तिका नेपालीमा अनुवाद, गृह मन्त्रालय कतारको कतारको ट्रफिक नियम भन्ने पुस्तिका नेपालीमा अनुवादलगायत अन्य जानकारीमूलक कुराहरु श्रमिकहरुको जनचेतना अभिवृद्धिका लागि उपलब्ध गराउने कार्यमा समेत सक्रिय रहेका रमजानजी नेपालीहरुको समस्या समाधान गर्न जुनसुकै वेलामा पनि नाइ भन्नु हुन्न।

उहाँको कतारको सरकारी निकायसंग पनि निकै राम्रो सम्बन्ध रहेकोले कतार सरकारका तर्फबाट पनि समय समयमा सम्मानित हुने गरेका रमजान अलीजी दुई मुलुकका विचको सम्बन्धलाई कसरी अझ प्रगाढ र सौहार्द बनाउन सकिन्छ भन्ने विषयमा पनि दत्तचित्त भएर लागि रहनु भएको छ।

२००९ मा कतारको एक प्रसिद्ध सामाजिक संस्था राफले कतार स्पोर्टस् क्लवमा इफ्तार कार्यक्रमको आयोजना गर्न लागेकोले सहभागिताको लागि निमन्त्रणा गरेका हुनाले नेपाली मुस्लिम समाजले १८०० भन्दा बढी नेपालीहरुलाई सो कार्यक्रममा पहिलो पटक सहभागी गराएको थियो त्यो कार्यमा रमजान अलीजीको प्रशंसनिय योगदान रहेको थियो। आफू विशेष आयोजक तथा भाषा अनुवादक रहेको हुनाले नेपाल र नेपालीकावारे, धेरै जानकारी दिने, नेपाल र नेपाली समुदायलाई चिनाउने रम्रो अवसर त्यहा प्राप्त भयो। त्यसपछि भने कतारको विभिन्न निकायबाट नेपाली समुदायलाई निमन्त्रणाहरु आउन थालेका हुन्।

आन्तरिक मन्त्रालय कतारले आयोजना गरेको सुरक्षा सम्बन्धी कम्फरेन्समा नेपाली समुदायका तर्फबाट रमजानजीले २०१० र २०१२ मा प्रतिनिधित्व समेत गर्नुभयो। सामाजिक कार्यको क्षेत्रमा अल हरमैन एजुकेशनल सासाइटीको संस्थापक सदस्य, अन्तर्राष्ट्रिय नेपाली श्रमिक संगठन दोहा कतारको अध्यक्ष, इस्लामिक केन्द्र नेपालको उपाध्यक्ष, मुस्लिम वेलफेयर सोसाइटी काठमाडौं नेपालको महासचिव, इस्लामिक फोरम लण्डनको सदस्य, नेप्लिज कल्चर सेन्टर दोहा कतार को बरिष्ठ सल्लाहकार तथा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको कानुनी सल्लाहकार रहेका रमजानजीले जनचेतना अभिवृद्धि गर्ने सवालमा विशेष गरी भाषाको आधारभूत ज्ञान हुनुपर्ने कुरालाई ध्यानमा राखेर अरवी शव्द तथा वोलचालका छोटोछोटो वाक्यहरु कान्तिपुर, राजधानी साप्ताहिक मार्फत प्रत्येक हप्ता पस्कदै आउनुभएको छ।

पाठकहरुले इस्लाम धर्मको वारेमा अझै स्पष्ट जानकारी लिउन् भनेर कुरआनमा भनिएका कुराहरुको व्याख्या पनि साप्ताहिक पत्रपत्रिका मार्फत समयसमयमा प्रकाशित गर्दै आइरहनु भएको छ। यसले गर्दा नेपाली समुदायहरुलाई भाषाको ज्ञानदेखि लिएर इस्लाम धर्मको विषयमा पनि केही जानकारी पाउन फाइदा पुगेको छ।

इसलामधर्म र समाजका निम्ति प्रशंसानीय योगदान पुरयाउदै आएवापत् विभिन्न प्रख्यात इस्लामिक विद्धानहरुद्धारा सम्मानित हुने अवसर समेत प्राप्त गर्नु भएका रमजानजी कतार सरकार र कतारका विभिन्न सामाजिक संस्थाहरुद्धारा पनि वेलावखत सम्मानित हुदै आउनु भएको छ।

रमजान अलीजीको वौद्धिकता, सहयोग, नेपाली समुदायका विचमा पुरयाइरहेको योगदान आदीलाई नियाल्दा जोसुकैलाई पनि अवैतनिक राजदूतका रुपमा उहाँ कतारमा कार्य गरिरहेको जस्तो लाग्छ।

अहिले धेरैओटा राष्ट्रहरुमा नेपाली राजदूतहरु नियुक्त हुन सकेका छैनन्। सुशील कोइराला सरकार गठन भईसकेपछि नै विभिन्न राष्ट्रहरुमा खाली रहेका राजदूतहरुको नियुक्ती गर्ने भनेर परराष्ट्रमन्त्रीले ढोल पिटेको एक वर्ष हुन लागि सकेपनि नियोगहरुमा राजदूतहरु नियुक्त हुन सकेका छैनन्। नेपाली नियोग कतार राजदूतविहिन भएको डेढवर्ष जति भइसक्यो।

नेपाल सरकारको सवैभन्दा कमजोरी पक्ष भनेको अन्य राष्ट्रहरुसंगको सम्बन्धलाई उर्जाशील बनाउन नसक्नु, गतिशील बनाउन नसक्नु, समयसापेक्ष कुटनितिक कौशलता देखाउन नसक्नु र राजदूत तुरुन्त नियुक्त गर्न नसक्नु रहेको छ।

राजनैतिक पार्टीहरुका विच राजदूतको कोटाका लागि भागवण्डा गर्ने विषयले गर्दा पनि राजदूतहरु नियुक्त गर्ने सवालमा ढिलाई भइरहेका छ भने नेपालको राजनितिक अस्थिरता, संविधान निर्माण हुन नसक्नु, आफ्ना आफन्त, पार्टी र नेतालाई आर्थिक लाभ पुरयाउने स्यालबुद्धी भएका कार्यकर्ता या अन्य आसेपासेहरुलाई नियुक्त गर्नुपर्ने हुनाले पनि ढिलाई भएको कुरा घामजस्तै छर्लङ्ग छ।

सरकारले परराष्ट्रका कर्मचारीहरु मध्येबाट पनि राजदूत नियुक्त गर्ने भन्ने लफ्फाजी गरेपनि आखिर कर्मचारी समेत राजनितिक चलखेलभित्र तानिने भएको हुनाले र कर्मचारी संघहरुमा आवद्ध भएकै हिसावले पनि राजदूत नियुक्त हुने कर्मचारी समेत कुन पार्टीको हो भन्ने सजिलै बुझ्न सकिन्छ। त्यतिमात्र होइन जुन सरकार आउदा जुन राजदूत नियुक्त भएको हो अर्को सरकार आउदा त्यो राजदूतलाई काम गर्न पनि निकै कठिनाई हुने र कतिपय अवस्थामा राजदूतले राजिनामा गर्नुपर्ने अथवा सरकारले नै फिर्ता बोलाउनुपर्ने अवस्था आउने हुनाले राजदूत चाहे कर्मचारीबाट नियुक्ति भएको होस् चाहे राजनितिक टिकेव्यक्ति नियुक्ति भएको होस् सरकारको परिवर्तनसंगै उनीहरुलाई काम गर्न असहज परिस्थिति सृजना पक्कै हुने गर्दछ र यो अन्य कारण नभई नेपालको राजनीतिक स्वार्थ र कारणले नै हुने हो।

राजदूतविहिन राष्ट्रहरुमध्ये कतारको नेपाली नियोगमा पनि कार्यवाहक राजदुतका रुपमा कुटनितिक कर्मचारीहरुले काम गरिरहेका छन्। हुनत लोकतन्त्रको अभ्यासमा नेपालवाहिर रहने नेपाली नियोगमा पनि जनताकै प्रतिनिधी रहनुपर्ने कुरा त्यति अमान्य होइन किनभने जनप्रतिनिधी नहुदा सरकारी कर्मचारीले नै शासन चलाउने हुँदा कर्मचारीहरु जंगबहादुर बन्ने र प्रवासमा रहेका नेपालीहरुको मर्कामा उत्तिसारो ध्यान नदिनेपनि उत्तिकै संभावना रहन्छ। तर यस्तो विश्लेषण गर्दा राजनीतिक पार्टीले जस्तो पायो त्यस्तै व्यक्तिलाई राजदूत जस्तो गरिमामय जिम्मेवारी दिदा सम्बन्धित मुलुकले नेपाललाई गर्न सक्ने सहयोग, समन्वय, सम्बन्धका आयामहरुपनि गतिशील रुपमा अगाडी बढ्न नसकी जहिको तही रहन सक्छ र सकारात्मक परिणाम नआउने पनि हुन्छ । यतिमात्र होइन राजनितिक टिके राजदुतको आफ्नो कुटनितिक असक्षमता, आफुलाई सिफारिस गर्ने पार्टीप्रति बढी उत्तरदायित्व हुनुपर्ने वाध्यता, आफ्नो पार्टीको सम्बन्धित मुलुकसंगको सम्बन्धको लागि पक्षपोषण गर्ने प्रवृति पनि रहन्छ।

कतारको सन्दर्भमा माया कुमारी शर्मा नेपाल फर्किसकेका डेढवर्ष भन्दा बढी भइसक्दा पनि उनको मुद्धाको फैसला भएको छैन। अर्को राजदूत कसरी पठाउने भन्ने कुरामा सरकार आफै अल्मलिरेहको वेला कतारमा रहेका चारपाँचलाख नेपालीहरुले राजदूत चाहियो भन्न थालिसकेका छन्।

नेपालीहरु वैदेशिक रोजगारीमा बढीमात्रामा कार्यरत् रहेको खाडी मुलुक मध्येको एक मुलुक कतारमा कस्तो राजदूत चाहिने हो भन्ने विषयमा पनि वौद्धिक वर्गको र नेपाली समुदायको आफ्नो विश्लेषण रहदै आएको छ।

सम्बन्धित मुलुकको भाषा, संस्कृति, नियम कानुनका जानकार व्यक्तिलाई राजदूत नियुक्त गनुपर्ने हुन्छ तर सरकार यस्ता कुराहरुलाई सामान्य लिएर हचुवाको भरमा राजदूत नियुक्त गर्न चाहन्छ यसले गर्दा सवैभन्दा बढी प्रवासमा रहेका नेपालीहरुलाई प्रभाव पार्छ भने दुई मुलुकका विचको सौहाद्रता पनि गतिशील भएर अगाडि नबढि जहीको तही रहन्छ।

अहिले आएर एकजना बौद्धिक मित्र रमजान अलीजी जस्तो कतार र कतारको विभिन्न सरकारी निकायहरुसंग चिरपरिचित भइसक्नु भएका व्यक्तिलाई राजदूत नियुक्त गरे राम्रो हुनेछ भन्ने चारैतिरबाट विश्लेषण गरिदै आएको छ। कतारमा कार्यरत् नेपाली समुदायहरु अव यसरी भन्न थालेका छन् रमजान अलीजी तपाई जस्तो व्यक्ति त कतारका लागि राजदुत भइदिनु पर्छ अव।





Comments

comments

3731