तनाबका कारण आत्महत्याको प्रयास

रवि भट्ट / एचकेनेपाल डट कम –
मलेसिया। रोजगारको सिलसिलामा मलेसिया आएको ५ महिनामै एक युबाले तनाबका कारण आत्महत्या गर्ने प्रयास गरेका छन्। सिन्धुली घर भएका २० बर्षीय दीपक लामाले आफूलाई निकै तनाब भएपछि आफ्नो हात चिरेको र अहिले पछुतो भएको बताएका छन्।

बुधवार बेलुका ९ बजे खाना खाएर बसेका लामाले बिहान करीब ३ बजे तिर आफू धेरै सोचाइमा परेको र तनाबमा भएकोले त्यसो गरेको बताए। उनले दारी खौरने ब्लेडले बाँया हातको हत्केला तल जोर्नव्मा गहिरो चिरेको र रगत बढी बग्न थालेपछि कम्पनी एजेन्टले उनलाई सेडाङ अस्पताल पुर्याएका थिए।

मलेसियाको एक कारखानामा काम गर्दै आएका लामा आफू बिरामी भएकोले ४ दिनदेखि काममा नगएको र त्यही बेला चेकिङ आउने, घरबाट पनि तनाब भएकोले आफूले तनाबमा नै हात चिरेको बताए। उनी ४ दिन सम्म काममा नगएकोले कम्पनीले टर्मिनेट गरिसकेको र अब उसको उपचारपछि नेपाल पठाउने उनको लागि अस्पताल ल्याएकी कम्पनी कै एजेन्टले बताइन्।

आफ्नो कम्पनीले खान बस्न र तलब पनि समयएमा दिएको बताउने लामालाई आत्महत्या गर्ने प्रयास गरेको भन्दै अस्पतालको आपत्कालिन सेवा अन्तर्गत नम्बर नखुलाईएको सैयामा राखिएको छ। उनको हातमा टाका मारिएको छ। आफूले धेरै सोचाइमा र तनाबमा परेर यस्तो गल्ती गरेको र नेपालमा पनि परिवारसँग कुरकानी भएको बताए।

प्रगतिशिल प्रवासी श्रमिक मञ्च मलेसिया र मानब अधिकार क्षेत्रमा काम गर्ने तानागानिताका सिसिलिया फजरको संयुक्त पहलमा उनको उपचार भैरहेको छ। ब्लेडले गहिरो काटिएको कारण बढी रक्तश्राब भएकोले उनी कमजोर हुँदै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन्। उनलाई कम्पनी र आफ्नो संस्थाको तर्फाबाट सक्दो सहयोग गरी छिटो भन्दा छिटो नेपाल फर्कौने मञ्चका कामु अध्यक्ष इशोरी ढकालले बताए।

नेपालीहरु के कारणले कस्तो अबस्थामा अस्पतालामा छन र कहाँ कस्तो घट्ना भई रहेको छ जानकारीमा आउने र उनीहरुलाई सहयोग गर्दै आएका मञ्चका महासचिब प्रेम पाण्डेले जानकारी दिए। लामाको उपचार खर्च सबै बेहोर्ने र लगतै नेपाल पठाउने कम्पनीकी एजेन्टले बताएकी छन्।





Comments

comments

3722