Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महेश्वर नयाँ धर्मश्री च्याम्पियन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २१ असार। सेप्स फिट्नेस जिम, काठमाडौंका महेश्वर महर्जनले तेह्रौं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

तेश्रो सहभागितामा महेश्वर पहिलो पटक च्याम्पियन बनेका हुन्। उपाधिसंगै महेश्वरले २ लाख नगद पुरस्कार हात पारे। उनले ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए।

समग्रमा आयोजक नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल दोश्रो, आयोजककै अर्जुन वर्णवाल तेश्रो, आयोजककै ज्ञाननारायण महर्जन चौथो, कालीमाटी फ्रेन्डसिप जिमका सचित प्रधान पाँचौं र फिट्नेस स्टुडियो लाजिम्पाटका रुजेश शाही छैटौं भए । उनीहरुले क्रमशः १ लाख, ७५ हजार, ६० हजार, ५० हजार र ४० हजार नगद पुरस्कार पाए। विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडी धर्मश्री उपाधिका लागि भिडेका थिए।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजीमा बुल्स जिम एन्ड फिजिकल फिट्नेस, कास्कीका सुरेश गुरुङ दोश्रो र आयोजकका रवि महर्जन तेश्रो, ६० केजीमा आयोजकका सन्जिव श्रेष्ठ दोश्रो र मसल्स वल्र्ड जिमका विश्वबहादुर थापा तेश्रो, ६५ केजीमा आयोजकका रामहरि खनाल दोश्रो र कुमारीपाटी फिट्नेस सेन्टरका होमराज शर्मा तेश्रो, ७० केजीमा धरान फिजिकल फिट्नेसका जविन्द्र राई दोश्रो र आयोजका विमल श्रेष्ठ, ७५ केजीमा मसल्स वल्र्डका किशोर पुन दोश्रो र बुल्सका निरज गुरुङ तेश्रो तथा ७५ केजीमाथि मसल्स वल्र्डका साविक विजेता लोकेन्द्र परियार दोश्रो र सेप्सका विजयत्तम वज्राचार्य तेश्रो बने । दोश्रोले २५ हजार र तेश्रोले १५ हजारका दरले नगद पुरस्कार हात पारे।

विजेतालाई उप्रधान एवं संघीय व्यवस्था तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहलगायतले पुरस्कार प्रदान गरे। दुईदिने प्रतियोगितामा विभिन्न १३ क्लबका ६८ प्रतिस्पर्धीले भाग लिएको आयोजक मन्दिरका अध्यक्ष नारायण प्रधानले जनाएका छन्।





Comments

comments

373