Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गुरुङ (तमु) लिपीकार जगनलालको निधन

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २१ असार। गुरुङफ (तमु) खे प्ह्री लिपीकार लेखनाथ २ रिठेपानी निवासी ८७ वर्षीय जगनलाल गुरुङको निधन भएको छ।

करिब ६६ वर्ष अघिदेखि गुरुङ भाषा लिपीका लागि अध्ययन, अनुसन्धानका जुट्दै तमु खे प्ह्री भाषा लिपी तथा सँस्कृति विकास प्रतिष्ठानका स्थापना गरी तमु खे प्ह्री वर्णमालासमेत प्रकाशन गरी गुरुङ जातिका लागि विशेष योगदान दिएका गुरुङको दुई महिना अघिदेखि पिसाब नलीमा समस्याका कारण निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ। गुरुङको लेखनाथ २ सेती नदी किनारमा रहेको मोरे घाटमा दाहसँस्कार गरिएको छ।

तमु लिपी लोप हुनाका कारण गुरुङ भाषा लोप हुदै गएको हो भन्ने उहाँको ठम्याएले भारतीय सैनिक जीवनदेखि नै तमु लिपीका लागि जुट्नु भएका जगनलाल गुरुङको अगुवाईमा नेपाल सरकारसँग विशेष पहल गरी २०२२ सालमा लेखनाथ २ रिठ्ठेपानीमा भूपूसैनिकको वस्ती बसाउन भूमिका, हालको तमु धिं नेपालको स्थापनाका लागि विशेष योगदान, तमुहरुको सामहुकिता, पोखरालगायत यस वरपरका क्षेत्रमा ल्होछारमा भाईखलक चेली बेटी भोज खुवाउने पहल रहेको थियो भने गुरुङ(तमु) खे प्ह्री वर्णमाला २०६७ सालमा प्रकाशन गरी २०६९ विमोचन गरिएको उहाँका छोरी आरती गुरुङले जानकारी दिनुभयो।

तमु लिपी र भाषाका संरक्षण र विकासका निम्ति आफ्नो लाखौं रुपैया खर्चेर जुटिरहनु भएका लिपीकार गुरुङको तमु खे प्ह्री लिपीको सर्वाधिकार छोरी आरती गुरुङलाई प्रदान गर्नुभएको छ।

खे प्ह्री वर्णमाला प्रकाशन पश्चात, खे प्ह्री व्याकरण प्रकाशनको तयारी कै अवस्थामा उहाँको निधनले गुरुङ लिपी र भाषा विकासमा ठूलो क्षति पुगेको तमु धिं नेपालका सचिव गिरीप्रसाद तमुको भनाई छ।





Comments

comments

368