एनआरएनएद्वारा प्रधानमन्त्री कोइरालाको शिघ्र स्वास्थ्य लाभको कामना

एचकेनेपाल डट कम संवाददाता-
गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा प्रधानमन्त्री सुशील कोइरालाको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष शेष घलेद्वारा शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरको विकिरण पद्धतिबाट उपचार भैरहेका कोइरालाको शिघ्र स्वाथ्य लाभको कामना गरेको छ।

विज्ञप्तिमा भनेको छ- ‘कोईराला नेपालको राजनीति क्षेत्रमा एक समर्पित, त्यागी एवं राष्ट्रप्रेमी नेताको रुपमा सुपरिचित हुनुहुन्छ। अहिले उहाँको काँधमा नेपालको नयाँ संविधान जारी गर्ने तथा मुलुककलाई समृद्धितर्फ उन्मुख गर्ने ठूलो जिम्मेवारी रहेको र यस कार्यमा उहाँले सबै राजनीतिक दलहरुसंग संवाद, समन्वय र सहकार्य गरेर अगाडि बढनेमा हामी विश्वस्त रहेका छौं।’

‘संसार भरी छरिएर रहेका गैरआवासीय नेपालीहरुको शुभेच्छुक र अभिवाकको रुपमा हामीले उहाँलाई पाएका छौं। गैरआवासीय नेपालीहरुका सरोकारका विविध विषयहरुमा उहाँ सधै संवेदनशिल रही यसका लागि व्यक्तिगत रुपमा क्रियाशिल रहनुका साथै नेपाल सरकारलाई सहयोगी भूमिका निभाउन अभिप्रेरित गर्दै आउनु भएको हाम्रो धारणा रहेको छ।

संसार भरिका गैरआवासीय नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली संघ सम्मानीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वाथ्यलाभको कामना गर्दछ।’, विज्ञप्तिमा भनेको छ।

मिति: २० अषाढ, २०७१ ।





Comments

comments

364