एएनए सम्मेलन-सन्दर्भ एनआरएन अमेरिका
अमेरिकामा बस्ने नेपालीहरुको लागि सब भन्दा पुरानो र ठूलो संस्था हो -असोसियसन अफ नेपालीज इन द अमेरिका, यस संस्थाले आयोजना गरेको एएनए ३२ औ डि. सि. सम्मेलनले पनि विगतका सालहरु झैँ अमेरिकादेखि नेपाल साथै अन्य मुलुकसम्म नेपालीहरुको माझमा सद्भाव र एकताको बिकुल फुक्दै आईपुगेकोछ।
एनआरएन भन्नाले हामी सारा प्रबाशी नेपालीहरु पर्दछ। बिशेष गरि विश्वभरका गैरआबासीय नेपालीहरु तथा नेपालमा बस्ने नेपालीहरुको बिचमा जमघट हुने मैदानको नाम हो गैर आवासीय संघ (एनआरएनए) यस संस्थाले केहि बर्ष भित्रमा नै पाएको लोकप्रियता र चर्चापरिचर्चा सर्बबिदितै छ। त्यस्तै एनआरएन आईसीसी अफ युएसए अर्को ठूलो संस्थाको रुपमा चिनिन्छ यहाँ र हालसालै भएको चुनावी प्रतिस्पर्धाले झनै धेरै नेपालीहरुको ध्यान खिचेको छ यसले। अनि मिठा आश्वासनहरु पनि दिएका छन्। नयाँ नेतृत्वको शुरुवातसँगै यस संस्थाले हुन गैरहेको एएनए ३२ औ सम्मेलन सफलताको लागि सहयोगको हात फैलाएर नेपालीबीच सद्भाव, सहयोग र एकताको संदेश दिनु पर्ने होईन र? तर सहयोगको हात फैलाउनुको सट्टा ब्यापक रुपमा जुलाई ५ र ६ मा आफ्नो INAUGURATION कार्यक्रम साथै नेपालीमेला भनेर एएनए सम्मेलनसँग जुध्ने गरि कार्यक्रम राखेको रहेछ। यस्तो ठूलो संस्थाहरुलाई नेतृत्व दिने संबेदनशील ब्यक्तिहरुको यो चाल देखेर मलाई एउटा नेपाली उखानको याद आयो। “कुकुरको पुच्छर बाह्र बर्षसम्म ढुम्रोमा राखे पनि बाङ्गाको बाङ्गै” अमेरिका जस्तो मानव अधिकार र फराकिलो सोच भएको ठाउँमा बसेर पनि व्यक्तिगत ईगोलाई समाज र देशसम्म ल्याईपुर्याई भाडभैलो गर्ने नेपालको राजनैतिक रणनीतिले समाजसेवा जस्तो पवित्र क्षेत्रलाई पनि धमिल्याएर नेपालीहरुको बिचमा अन्योल स्थिति पुर्याएको महसुस मलाई जस्तै धेरै सर्बसाधारणहरुको मनमा नहोला भन्न सकिदैन।
समाजसेवा गर्नु भनेकै पक्का पनि समाजको हित हुने काम गर्नु नै होला। एक सामाजिक संस्थाले अरु सामाजिक संस्थाप्रति ईज्जत राख्न सक्दैन त्यस्तै एक समाजसेवीले अरु समाजसेवीप्रति आदर राख्न सक्दैन भने त्यो समाजको हित हुदैन। भाषण र बहाना जति गर्न पनि सकिइला तर सत्य त्यहिँ हो राखेको मात्र पाईन्छ। नेपाली बिचमा अनमेलको बिउँ रोपेर एकता खोज्न सकिदैन। माछालाई बचाईराख्न जसरी पोखरी सफा राख्न जरुरी छ त्यसरी नै हाम्रो बीच एकता र सद्भाव राख्न समाज सफा राख्नु जरुरी छ। केही मानिसलाई आ-आफ्नो व्यक्तिगत स्वार्थले गर्दा फाईदा होला यस्तो क्रियाकलापहरुले तर सम्पूर्ण जनमानसलाई यसले के संदेश दिला त भन्ने कुरा एकचोटो सोचौ कि?
मेरो श्रीमान र म एएनए र एनआरएन दुवै सम्मेलनमा बराबर रुपमा सहभागिता हुदै आईरहेका छौ। र हामीले यस्ता सम्मेलनबाट धेरै सकारात्मक कुराहरु र असल साथीहरु पाएका पनि छौ। जसले जीवन चलाउँन सजिलो बनाईरहेको महसूस हामीले गरेका छौ। साथीहरुसँग रमाउँन, मिलेर सामुहिक हितको काम गर्न हामीलाई पनि मन पर्छ। त्यहिँ सिलसिलामा आफ्नो ठाउँमा मेरो अध्यक्षतामा धेरै कार्यक्रमहरु गरियो र गर्दै पनि छ। काम साधारण हुन्छ तर अनुभव असाधारण हुन्छ भने झैँ त्यहिँ अनुभवले यस्तो लागेको होला। आखिर जति नै धन सम्पत्ति, शैक्षिक शिक्षा आफूसँग भएपनि बिश्वास हरायो भने जीवनमा जिउँने सबै भन्दा ठूलो आधार हराउँनेछ। अमेरिकामा कुनै ब्यापार, ब्यबसाय खोल्दा त्यस टोलमा एउटै किसिमको ब्यापार गर्न मनाही हुन्छ। समाजसेवा भनेको त यी सबै भन्दा धेरैमाथि सोच्नु पर्ने होईन र? त्यसैले कुनै पनि सामाजिक क्रियाकलापहरु गर्दा अरु संघसंस्थाहरुसँग नबाझिने किसिमले होस् पुर्याएर ईज्जतकासाथ गर्नु अत्यन्त जरुरी छ। एएनए, एनआरएन वा कुनै पनि संघसंस्थाको नेतृत्व दिने व्यक्तिहरुले आफ्नो स्वार्थलाई मात्र नभएर त्यसबाट समाज र जनमानसमा कस्तो संदेश दिन्छ भन्ने कुरामा ध्यान दिने हो कि।
बिष्णु गुरुङ “एकता”
क्यालिफोर्निया, अमेरिका