शव व्यवस्थापनमा खटिएका दुई सैनिक जवानमा कोरोना पोजिटिभ

तानसेन, पाल्पामा कोरोना सक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिक जवानमा कोरोना पुष्टि भएको छ।

गत जेठ २० गते तानसेनको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय युवकको शव व्यवस्थापनको क्रममा दुई जना सेनामा कोरोना देखिएको हो। सक्रमित हुनेमा नेपाली सेना गोरखदल गणमा कार्यरत ३३ वर्ष र ३६ वर्षका पुरुष रहेका छन्।

फाइल फोटो

शव व्यवस्थापन पछि दुबै सैनिकलाई क्वारेन्टाइनमा राखिएको र १४ दिन पछि चेकजाँच गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखिएको, हाल दुवै स्वास्थ्य सामान्य रहेको गोरखदल गणका सेनानी मनोज डंगोलले बताए। पाल्पामा हालसम्म ४४६ जनामा कोरोना सक्रमण भएकोमा १६ जना उपचारपछी निको भएको र एकजनाको मृत्यु भएको समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ।





Comments

comments

37389