Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता –
लण्डन। लन्डन निवासी कथाकार कृष्ण बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक गरिएको छ। कम्युनिष्ट दर्शनका प्रवर्तक कार्ल मार्क्सको लन्डनमा अवस्थित समाधिस्थलबाट कथाकारले उक्त पुस्तक सार्वजानिक गरेका हुन्।

सङ्ग्रहका कथाहरु विदेशी भूमिमा रहेका नेपालीहरुको वरिपरि घुमेका छन्। माओवादी जनयुद्धका क्रममा विस्थापित भएका, विदेश पलायन नेता तथा कार्यकर्ताहरुका कथा ब्यथालाई मुख्यरुपमा उठाईएको छ।

उक्त सङ्ग्रमा केही यौन मनोवैज्ञानिक र यथार्थवादी कथा छन्। ति कथाले नेपाली डायोस्पोरामा देखिएको परिवार विघटन, विचलन जस्ता पेचिला समस्याका बारेमा सचेत गराएको छ।

तेह्रवटा कथा रहेको उक्त सङ्ग्रहलाई शब्दार्थ प्रकाशन काठमाडौंले बजारमा ल्याएको हो। लामो समयदेखि डायोस्पोराबाट नेपाली साहित्यमा कलम चलाउँदै आएका बजगाईंको यो पाँचौं कृति हो।





Comments

comments

3753