बेलायतको पहिलो साहित्यिक संस्थाले मनायो रजत वार्षिक उत्सव

कोमल मल्ल –

१२ जुलाई लन्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत वार्षिकोत्सव भरचुअल मध्यमबाट भव्यरुपमा मनाएको छ।

बेलायतको लन्डनबाट परिषदका सल्लाहकार कृष्ण भट्ट तथा यती संस्थाका सचिव जीत रानाभाट र काठमाडौबाट नेपाल च्याप्टरका महासचिव हरिशरण लामिछानेबाट संचालन गरिएको दुई दिने कार्यक्रमको पहिलो दिन आइतबारको समारोहलाई परिषदका पदेन संरक्षक राजदूत वरिष्ठ साहित्यकार डा.दुर्गाबहादुर सुवेदीले लन्डनको नेपाली राजदूतावासबाट भर्चुअल संवोधन गरेर उद्घाटन गर्नु भएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राजदूत सुवेदीले भन्नुभयो – नेपाल विश्व सभ्यताको केन्द्र र विभिन्न जातजाति, भाषाभाषीको साझा फूलबारीको रुपमा रहेको सुन्दर देश हो। जीवन्त जातिले देश ज्यूँदो राख्छ, जीवन्त देश विश्व सामु सगर्व उभिन्छ भन्नुहुँदै राजदूत सुवेदीले आज हामी नेपालीहरु भूगोलको सीमा नाघेर १०० भन्दा बढी मुलुकहरुमा छरिएर बसेका छौं। हामी जहाँ बसे पनि नेपाल मन र नेपालीपन जगाएर र जोगाएर बसेका छौं आजको यो नेपाली साहित्य विकास परिषद यूकेको रजत उत्सव कार्यक्रम एक ज्वलन्त उदाहरण हो भन्नु भयो

कार्यक्रमका प्रमुख अतिथि राजदूत सुवेदीले परिषदको साहित्यिक प्रकाशन लालीगुराँस रजत स्मारिका, परिषदका प्रमुख सल्लाहकार संयोजक वरिष्ठ कवि गोपाल पराजुलीको काव्य कृति ‘अ सोल्जर इन सर्च अफ पिस’ , सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको ’फूलको मुस्कान’ गीत संग्रह र सेखक सुरेन्द्र नेपाल श्रेष्ठको ‘मेरो आधा शताब्दी’ पुस्तकहरुको विमोचन गर्नुभएको थियो।

कार्यक्रमा परिषद्का पूर्वअध्यक्ष हरिसिँह थापा र सल्लाहकार कृष्ण भट्टले रामायणका श्लोक वाचन गरी भानुभक्तको सम्मान र सम्झना गरिएको थियो।

समारोहमा परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहले ‘बेलायतमा नेपाली साहित्य र नेपाली साहित्य विकास परिषद् यूके को भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा परिषद्का वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्वअध्यक्ष डा. राघवप्रसाद धिताल ओबिई, सभापतिको आसनबाट परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल, परिषदको नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ साहित्यकार ईल्या भट्टराई, सल्लाहकार संयोजक तथा वरिष्ठ साहित्यकार गोपाल पराजुली, विशिष्ट सल्लाहकारहरू प्रा. डा. गोविन्दराज भट्टराई र डा माधवी भट्ट , विशिष्ट अतिथि प्रा.डा. खगेन्द्र प्रसाद लुइंटेल, परिषद्का पूर्वअध्यक्ष हरिसँह थापा, पूर्वअध्यक्ष खगेन्द्र नेपाली, महासचिव बिरेन्द्र कुवँर, नेपाल च्याप्टरका महासचिव कथा रेडियो नेपालका वरिष्ठ पत्रकार हरिशरण लामिछाने, सल्लाहकार कवि गीतकार घनबहादुर थापा र सहअध्यक्ष रेशम अर्याल लगायतका वक्ताहरूले अङ्ग्रेजी भाषा साहित्यको देशमा नेपाली भाषा साहित्यको खेती लगाउन लागिपरेको नेपाली साहित्य विकास परिषद यूकेको रजत उत्सव मनाउन पाउँदा सर्जकहरूमा थप उर्जा दिने कुरा चर्चा गर्नु भयो।

कार्यक्रमको बीचबीचमा वरिष्ठ गायिका सीतु खरेल, गायकहरू सुमेर ज्ञावली, प्रमोद शर्मा, मनोज अञ्जान, डम्बरसिँह प्रयास र खेम गौतमले गीत सङ्गीत प्रस्तुत गर्दै किरण खरेल, नारायण गोपाल, झलकमान गन्धर्वलगायतका गीतहरू र राष्ट्रिय गीतहरू प्रस्तुत गरिएका थिए।

यसै समारोहबीच राजदूत सुवेदीले बेलायतस्थित नेपाली राजदूतावासको तर्फबाट परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाह, पूर्वअध्यक्ष हरिसिँह थापा , पूर्वअध्यक्ष खगेन्द्र नेपाली र वर्तमान अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ललाई बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र विकासमा उल्लेखनीय योगदान पु-याए बाफत ताम्रपत्रसहित विशिष्ट सम्मानको घोषणा पनि गर्नु भएको थियो।

उक्त समारोहमा राजदूत डा.सुवेदीले सन् १९९५ मा बेलायत लन्डनमा स्थापना भएर सन् २०१४ मा नेपाल काठमाडौँमा च्यप्टर स्थापना भएदेखि सक्रियरूपले लागिपरेका सर्जक, पत्रकार तथा पदाधिकारीहरूगरी ९३ जना र गत वर्ष पुरस्कृत गरिएका दुई जना गरी जम्मा ९५ जना महानुभावहरूको पुरस्कार सम्मान सुशोभन घोषणा गर्नु भएको थियो।

पुरस्कारबाट सम्मानित व्यक्तित्वहरूको विवरण यसप्रकार रहेको छ । क ) विशिष्ट सम्मान रजतवर्ष अभिनन्दन पत्र तथा पदक ( NLDC Silver Jubilee Special Medal- नगद लिनचाहेमा २५ हजार रूपियाँ) पुरस्कार- २०२० बाट सम्मानित हुने परिषदाका पदेन संरक्षक
बेलायतका लागि राजदूतहरू वर्तमान राजदूत डा.दुर्गाबहादुर सुवेदी र पूर्वराजदूतहरू श्री सूर्यप्रसाद श्रेष्ठ, डा.सुरेशचन्द्र चालिसे- हुनुहुन्छ भने मरणोपरान्त सम्मानित हुने तीनजना पूर्वराजदूतहरूमा स्व. डा. सिह बहादुर बस्नेत, स्व. प्रबल समशेर राणा, स्व.मुरारि राज शर्मा हुनुहुन्छ । यसैगरी यसै पदकबाट सम्मानितहुने वेलायतका पूर्व कुटनीतिज्ञ इजरायलका पूर्वराजदूत वरिष्ठ साहित्यकार प्रह्लादकुमार प्रसाई र परिषद्का
संस्थापक र संस्थापनाकाल देखिका निरन्तर संलग्न पदाधिकारीहरू श्री सुरेशजङ्ग शाह, डा.राघव प्रसाद धिताल ओबिई, कोमलप्रसाद श्रेष्ठ मल्ल, स्व. ईश्वरप्रसाद मानन्धर-मरणोपरान्त, हरिसिंह थापा, खगेन्द्र नेपाली, ध्रुव केसी, हरिविभोर कार्की, मदन थापा, निमा वाङ्गेल लामा, डा. गोपाल पौड्याल, वसन्त रायक्षेत्री, घन बहादुर थापामगर, महन्त श्रेष्ठ, डा.जनककुमारि धिताल हुनुहुन्छ ।यसैगरी यो पुरस्कारबाट सम्मानित हुने नेपाल च्याप्टरका पदाधिकारीहरू श्रीमती ईल्या भट्टराई, श्री गोपाल पराजुली, श्री गोविन्द प्रसाद श्रेष्ठ, डा. विष्णुविभु घिमिरे, प्रा.डा.गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, डा.माधवी भट्ट, प्रा.डा.ज्ञानू पाण्डे, प्रा.डा.देवीप्रसाद सुवेदी, ध्रुव सापकोटा, वियोगी बुढाथोकी हुनुहुन्छ ।

(ख) साहित्य सम्मान रजतवर्ष अभिनन्दन पत्र तथा पदक( NLDC Silver Jubilee Medal- नगद लिन चाहेमा २०हजार २५ पच्चिस रूपियाँ) पुरस्कार- २०२० : बाट सम्मानित हुनुहने पदाधिकारी तथा सदस्यहरमा रेशम अर्याल,गोकुल भण्डारी, डा.सुधा श्रेष्ठ, वाचस्पति रेग्मी ,वीरेन्द्र कँवर, मनोज अन्जान,डा.संगिता श्रेष्ठ ‘स्वेच्छा’, हरि केसी, डम्बरसिँह ‘प्रयास’,कल्पना आङबाङ, राजुविक्रम थापा, कृष्ण भट्ट,बालजङ्ग अर्याल, कमल भण्डारी, पशुपति भण्डारी, समिप हाङवाङ ‘जर्जर’ , दौलत राई, श्रीमती जयाराई, दूत गर्बुजा पुन मगर, ज्ञानेन्द्र राउत, निकेस लिम्बू , श्रीमती हिन्दमाया बैद्य सनम बैराग, श्रीमती कल्पना लामिछाने,श्री प्रेणा थापा,श्री रूवी थापा, श्रीमती सितु खरेल,श्रीमती मन्जु गुरुङ राई हुनुहुन्छ।

यसै पुरस्कारबाट पुरस्कृत नेपाल च्यप्टरका पदाधिकारीहरूमा : हरिशरण लामिछाने, मुक्ति घिमिरे, डा.रेणुका थापा, डा.प्रभा कैनी, डा.लक्षमण गौतम, डा.नारायण चालिसे, जयदेब भट्टराई, कृष्ण अर्याल, राजेश जंग शाह, श्रीमती ललीता दोषी, श्री व्याकुल पाठक, श्रीमती गीता रेग्मी, श्री नेत्र पौड्याल र श्री रोशन मिश्र- प्रविधि सदस्य-सम्पादन मण्डल, र श्री महेश पौडेल- भाषा साहित्य विश्लेषक हुनुहुन्छ।

यसैगरी यो पुरस्कारबाट विदेशमा रहेर नेपाली भाषा साहित्यमा सिर्जना र संस्थागतरूपले योगदान पु-याउनु भएका र नेपाली साहित्य विकास परिषदमा सहयोग पु-याउनु भएका सम्मानित साहित्यकार व्यक्तित्वहरू : श्री क.इन्द्र बहादुर कार्की- कवि तथा पूर्व सैनिक सहचारी- नेपाली राजदूतावास वेलायत, श्री गोपीकृष्ण प्रसाई- अध्यक्ष- विश्व वाङ्गमय प्रतिष्ठान, काठमाडौ,श्री रक्ष राई- संस्थापक अध्यक्ष- नेपाली प्रतिभा प्रतिष्ठन यूके, श्री वासु शर्मा- साहित्य चौतारी, श्री विजय हितान- पूर्व अध्यक्ष- विश्व नेपाली साहित्यमहासङ्घ दक्षिणपूर्व शाखा,बेलायत, श्रीमती लारा राई- अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत, श्री नवीन क्षेत्री- अध्यक्ष- नेपाली पोईट्री ग्रुप,एवरडिनस्कटल्यान्ड, श्री मिजास तेम्बे- महासचिव- नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत, श्री कृष्ण बजगाँई- अध्यक्ष – समकालिन साहित्य, बेलायत, श्री केदार संकेत- महासचिव- विश्व नेपाली साहित्यमहासङ्घ केन्द्रय समिति, श्रीमती भगवती वस्नेत- इजरायलमा रहँदा सक्रियसंसाथागत संलग्नता, हुनुहुन्छ।

यसै पुरस्कारबाट पुरस्कृत पत्रकारहरूमा : श्री नवीन पोख्रेल- वी नेपाली डट् कम, श्री नरेस खपाङ्गी मगर- पत्रकार- वी नेपाली डट् कम, श्री सुशिलप्रताप सिंह- पत्रकार- नेपाली समाज यूके डट् कम, श्री शिव भण्डारी- लण्डन नेपाल न्यूज डट कम यूके, श्री एभरेष्ट गौतम- फोटो पत्रकार तथा पूर्वकार्यकारिणी सदस्य, श्री ध्रुवराज अर्याल- पत्रकार- नेपालीपत्र युरोप हुनुहुन्छ।

(ग)नेपाली साहित्य पुरस्कार पदक(पाँच तोला सुद्धचाँदीमा बनेको पदक तथा प्रमाणपत्र वा नगद २१हजार रूपैयाँ):

रेडियो सञ्चारको माध्यामबाट नेपालीभाषा सहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुयाएबापत बिएफबिएस गोर्खा रेडियोका कार्यक्रम सञ्चालक श्री योगराज राई र विशिष्ट रचनाहरूको अडियो सिडी प्रकाशन गरी नेपाली भाषा साहित्यको अभिवृद्धि गराए बाफत बिबिसी नेपाली सेवाका पूर्वसंचालक तथा परिषद्का पूर्वअध्यक्ष श्री खगेन्द्रनेपालीलाई गतवर्ष पुरस्कृत गरिएको यो एनएलडिसी नेपालीसाहित्य पुरस्कार पदक लगायत आज सम्मान गरिएकापुरस्कार पदकहरू गरी जम्मा ९५ जनालाई पुरस्कार पदकहरूकोरोनाका कारण प्रत्यक्ष सुशोभन गर्न अनिश्चित भएकोले आजै रजतउत्सवको साइतमा राजदूत सुवेदीबाट सुशोभन घोषणा गरिएको थियो।





Comments

comments

37593