कोरोनाबाट हङकङमा थप दुई जनाको निधन…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ जुलाई। कोविड १९ (कोरोना) संक्रमणबाट हङकङमा बुधवार दुई जनाको निधन भएको छ।

निधन हुनेमा ९० वर्षीया महिला र ८९ वर्षीय पुरुष रहेका छन्। अस्पताल प्राधिकरणका प्रमुख प्रशासकीय प्रबन्धक डा. लाउ का-हिनका अनुसार महिलाको पामेला यूडे नेदरसोल इस्टर्न अस्पतालमा उपचारको क्रममा बुधवार दिउँसो ४:४५ बजे र पुरुषको युनाइटेड क्रिश्चियन अस्पतालमा उपचारको क्रममा बुधवार साँझ निधन भएको हो।

फाइल फोटो

महिला त्सज वान शानस्थित वृद्ध स्याहार केन्द्रमा बस्दै आएकी थिइन् भने पुरुष न्गाउ ची वानस्थित चोई फाई एस्टेटका बासिन्दा थिए।

यसअघि पनि सोमवार त्सज वान शानस्थित वृद्ध स्याहार केन्द्रकी ९५ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको थियो।

बुधवार निधन भएका दुईसहित हङकङमा कोरोनाबाट निधन हुनेको संख्या १० पुगेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37631