कोरोनाबाट हङकङमा थप एक जनाको मृत्यु, ६ दिनभित्र ५ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ जुलाई। कोविड १९ (कोरोना) संक्रमणबाट हङकङमा शनिवार थप एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्सज वान शानमा बस्ने ९४ वर्षीय पुरुष रहेका छन्। यससंगै हङकङमा कोरोनाबाट मृत्युको हुनेको संख्या १२ पुगेको छ। शुक्रवार पनि एक ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको थियो। हङकङमा ६ दिनभित्र पाँच जनाको मृत्यु भएको हो। यति छोटो सयममा धेरै संख्यामा मृत्यु भएको हङकङमा यो पहिलो पटक हो।

फाइल फोटो

कोरोनाका विरामीको शनिवार विहान करीव १० बजे मृत्यु भएको क्वीन एलिजाबेथ अस्पतालका प्रवक्ताले जानकारी दिए। ज्वरो र रुघाले विरामी भएपछि उनलाई जुलाई ९ तारिख क्वीन एलिजाबेथ अस्पतालमा भर्ना गरिएको थियो। जुलाई १३ तारिख उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

अस्पतालले बिरामीको मृत्युप्रति दु:ख व्यक्त गर्दै परिवारलाई उचित सहयोग प्रदान गर्ने जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37662