राम जन्मभूमि विवादः ठोरीमा भारतीयले उखेले सीमास्तम्भ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेका छन्।

ठोरीका स्थानीय बुद्धिजीवी प्रकाश खनालले सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका बताए।

फाइल तस्वीर

‘बिहानसम्म सीमास्तम्भ थियो, पुजाआजा सकिएर फर्किएपछि एकाएक गायब भयो, उखेलेर त्यही नजिकै फालिएको रहेछ’, खनालले राजधानीसँग भने, ‘यो भारतीय पक्षले मन्दिर बनाउन नदिन र त्यस क्षेत्रलाई संरक्षण हुनबाट रोक्न विवाद खडा गर्न गरेको प्रपञ्च हो।’ यो समाचार राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

37666