कोरोनाबाट हङकङमा थप १ जनाको मृत्यु, ११८ संक्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २३ जुलाई। कोविड १९ (कोरोना) संक्रमणबाट हङकङमा विहीवार थप एक जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

क्वीन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल अथोरिटीले पुष्टि गरेको छ।

उनलाई जुलाई १६ तारिख अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था बिग्रिएपछि उनको गहन सेवा एकाइमा उपचार भइरहेको थियो।

फाइल फोटो

त्यस्तै हङकङमा विहीवार ११८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानका अनुसार संक्रमितमध्ये १११ स्थानीय र ७ जना आयातित रहेका छन्। आयातित संक्रमितहरुमा फिलिपिन्सबाट फर्केका तीनजना घरेलु सहयोगी, भारतबाट फर्केका तीन जना र जापानबाट फर्केका एक कार्गो एयरक्रुका सदस्य रहेका छन्। यससंगै हङकङमा कोरोना संक्रमितको संख्या २,२५० पुगेको छ। उपचार भइरहेका ३३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।





Comments

comments

37742