आजदेखि वर्षा कम हुँदै जाने…

काठमाडौँ – मनसुनी वायुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ। शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविदको भनाइ छ।

न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

देशभर मनसुनी वायुको प्रभाव बिहीबार पनि कायमै रह्यो। मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरे पनि पूर्वमा नेपाल नजिक रहेको छ । जसका कारण बदली जारी रहेको हो।

फाइल तस्वीर

मौसमविद मानन्धरका अनुसार मौसम शुक्रबारबाट खुल्न थाले पनि तत्काल सुधार हुने छैन । एक–दुुई दिनको सुधारपछि फेरि अर्को मौसमी प्रणालीले वर्षा गराउने सङ्केत देखिएको उनले स्पष्ट पारिन्।

वर्षा न्यूून हुँदै गए पनि देशभर आंशिकदेखि सामान्य बदलीका साथ हल्कादेखि मध्यम वर्षा हुने क्रम निरन्तर छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा जारी छ। आगामी तीन दिन यी क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावनासमेत औँल्याइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37747