कोरोनाभाइरसः जोखिमपूर्ण काठमाडौं!

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौं, काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ। चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ।

बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ। अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन । साना चिया पसलहरुमा चिया चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किसकेको छ। ठूला क्याफेहरु पनि भरिभराउ हुन थालेका छन्।

बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरुमा मानिसहरुको घुइँचो थियो।

फाइल फोटो

पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन्। पसलेहरुलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको पाइन्छ।

धेरैले सरकारले जारी गरेको मापदण्ड पनि पूरा गरेका छैनन् । जसले गर्दा उपत्यकामा जोखिम बढ्दो देखिन्छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

37750