नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा
नेपाल
-
परीक्षण संख्या
-
संक्रमित संख्या
-
मृतक संख्या
-
निको भएको
विश्व
-
संक्रमित संख्या
-
मृतक संख्या
-
निको भएको
-
संक्रमित भएको देश
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ जुलाई। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा मंगलवार थप एक जनाको मृत्यु भएको छ।
यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।
अस्पताल अथोरिटीले ८५ वर्षीय पुरुषको पामेला यूड नेदरसोल इस्टर्न अस्पतालमा मृत्यु भएको पुष्टि गरेको छ। कोरोना संक्रमित विरामीको उपचारको क्रममा मंगलवार दिउंसो मृत्यु भएको जनाइएको छ। उनी कोङ ताईस्थित बृद्ध हेरचाह सेन्टरका बासिन्दा थिए।
हङकङमा कोरोना संक्रमितको संख्या २,८८५ पुगेको छ। कोरोनाका विरामीमध्ये १,५८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,१०० जनाको उपचार भइरहेको छ। उपचार भइरहेका ४० जना विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)