गायक एपी शेर्पाको नयाँ देशभक्ति गीत ‘बीर गोर्खाली…’

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय गीत “बीर गोर्खाली” म्युजिक भिडियोसहित आफ्नै युट्युब च्यानल “एपी शेर्पा ” मार्फत सार्वजनिक गरेका छन्।

नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’मा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको सङ्गीत, गीतकार टेक तामाङको शब्द रहेको छ।

बीर गोर्खाली

भिडियोमा गायक शेर्पासंगै प्रशान्त तामाङ, सिम्रन श्रेष्ठ, सन्ध्या तुम्बाहाम्फे, देवान राई, देछेन शेर्पा, याङ्गछिन् शेर्पा लगायतका कलाकारहरुले अभिनय गरेका छन्। भिडियोमा वरिष्ठ गायक दीप श्रेष्ठलाई पनि देख्न सकिन्छ। भिडियोको निर्देशन पनि गायक शेर्पाले नै गरेका हुन्। सम्पादन सूर्य लामाको र छायांकन भुपेन्द्र तुम्बाहाङ्फेले गरेका छन्।

कोरोना भाइरसको महामारीले देश लकडाउनमै रहेका बेला भारतले नेपालको सीमा मिचेको विषय बहसमा आयो। त्यसपछि नेपालले नयाँ नक्सासमेत सार्वजनिक गर्यो। देशको सीमा मिचिएको यही समयमा यहि परिवेशमा एउटा देशभक्ति गीत तयार गर्ने इच्छा जागेपछि लकडाउन भएका बेला गृहनगर धरानमै रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई सङ्गीत गर्न अनुरोध गरी यो गीत तयार भएको गायक एपी शेर्पा बताउंछन्। उक्त गीतको रेकर्डदेखि भिडियो निर्माणसम्म लकडाउनकै बेला भएको हो।

गायक शेर्पा

यसअघि पनि गायक ‘गरौं सङ्कल्प’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको थियो। उक्त गीत जस्तै यस गीतले पनि दर्शक-श्रोताहरुको राम्रै साथ-सहयोग पाउने कुरामा आफू ढुक्क रहेको गायक एपी शेर्पा बताउंछन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

37812