इक्साहाङको ‘बरको हाँगा’ म्युजिक भिडियो सार्वजनिक

रोशन मेवाहाङ –

काठमाण्डौ, १३ साउन। गीतकार इक्साहाङ चेम्जोङको ‘बरको हाँगा’ म्यूजिक भिडियोलाई सिएण्डडीले आफ्नो सामाजिक सञ्जाल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।

संगीत सबैका लागि चाहिने अपरिहार्य चिज भन्दा फरक नपर्ला संसार लकडाउनले अस्तव्यस्त भइरहेको समयमा सायद संगीत नहुदो हो त कस्तो हुने थियो कल्पना गर्न पनि कठिन होला। हुन सक्छ कुनै संयोगका गीत होलान् या कुनै वियोगका तर उद्देश्य भनेको मन र मुटुलाई शान्त बनाउनु नै हो।

गीतकार इक्साहाङ चेम्जोङले एउटी मायालुकालागि गरिएका हरेक सर्तहरु असफल भएपछि बनेका प्रेम कहानीलाई प्रस्तुत गर्न खोजिएको ‘बरको हाँगा’ काल्पनिक कथामा आधारीत छ।

उक्त आधुनिक गीतलाई संगीतकार चन्द्र श्रेष्ठले संगीतबद्ध गरेका हुन् भने राजु कार्कीको संगीत संयोजन र बिमल खातीको आवाज रहेको छ।

मिक्साम लिम्बुद्वारा सम्पादन गरिएको म्युजिक भिडियोमा देब्स राई र आयुषा लामाले अभिनय गरेका छन्। भौतिक रुपमा भेट नभए पनि विभिन्न देशमा श्रम गरिरहेका सर्जक कलाकारहरुले सामाजिक संजालको माध्यमबाट विष्णु खातीको निर्माणमा म्युजिक भिडियो बनाउन सफल भएका छन्।





Comments

comments

37809