कोरोना सङ्क्रमणको हटस्पट बन्दै वीरगञ्ज

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

वीरगञ्ज, कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ। विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका छन्।

-

बुधबार पर्सामा दुई जनाको मृत्यु हुनुका साथै ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिए। यीमध्ये अधिकांश वीरगञ्जका छन्। योसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या ७३० पुगेको छ भने सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ।

फाइल फोटो

यस्तै बारामा १७ र महोत्तरीमा १४ जना सङ्क्रमित थपिएका छन् । बढ्दो सङ्क्रमण र समुदाय स्तरमै सङ्क्रमण देखिन थालेपछि वीरगञ्ज महानगर लगायत धेरै स्थानीय तहले निषेधाज्ञा जारी गरेका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकामा लगाइएको निषेधाज्ञाको अवधि बढाइएको छ।

पर्सामा कोरोनाले थप दुई जनाको मृत्यु भएको छ । उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका–१५ का ४६ वर्षीय सङ्क्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको हो । यसैगरी झाडापखाला लागेर सोमबार मृत्यु भएकी पर्साकी एक १८ वर्षीया युवतीमा मृत्युपश्चात् गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

37930