श्रीमती र छोरी भेट्न हङकङ जाने योजनामा थिए, कोरोनाले लियो ज्यान…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

युवराज श्रेष्ठ –

पोखरा-१९ का ६२ वर्षीय पुरुष ज्वरो, रूघाखोकीले ग्रस्त भएर आफैं अस्पताल गए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साउन १६ गते भर्ना हुन पुगेका उनको स्वाब निकालेर कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आयो। त्यसपछि अस्पतालकै आइसोलेसनमा बसे।

उनी मधुमेहका बिरामी थिए। उनलाई आइसोलेसनमै राखेर अस्पतालका चिकित्सकले निगरानी गरिरहेका थिए। शनिबार राति साढे ११ बजे उनको निधन भएको निर्देशक अचार्यले बताए।

उनी पोखरास्थित घरमा एक्लै थिए। उनका श्रीमती र २ छोरी हङकङमा छन्। उनी पनि हङकङ जाने तयारीमा रहेको पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेलले बताए।

‘लकडाउन हुँदैनथ्यो भने उनी यतिबेला हङकङ पुगिसकेका हुने थिए सायद,’ पौडेलले भने।

एक्लै बसेका उनले घरमै सच्चाइ चलाएका थिए। सच्चाइमा विभिन्न धर्ममा आस्था राख्ने मानिसहरू जम्मा भएर भजनकिर्तन गर्ने गर्छन्। बिरामी हुनुभन्दा अघिसम्म पनि उनले घरमै सच्चाइका अनुयायीलाई बोलाएर भजनकिर्तन गर्थे। सच्चाइका प्रमुखकै भूमिकामा काम गरेका उनलाई कोरोना भाइरस संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका अरूको पनि स्वाब परिक्षण गरियो।

फाइल फोटो

कन्ट्याक्ट टेसिङका क्रममा उनका सम्पर्कमा आएका ६ जनालाई पनि कोरोना देखियो। उनीहरू ६ जना नै सच्चाइमा नियमित जाने गर्थे। संक्रमण देखिएका ६ जनामध्ये २ जना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा छन् भने बाँकी ४ जनालाई लेखनाथस्थित संक्रामक अस्पतालको आइसोलेसन लैजाने तयारी गरेको वडा अध्यक्ष पौडेलले बताए।

कोरोना भाइरस संक्रमण फैलिन नदिन वडाका केही ठाउँ सिल गर्ने तयारी गरेको उनले बताए। संक्रमण देखिएको ठाउँ पोखराको वडा नं. १६ र १९ नजिकै पर्छ। दुबै वडाध्यक्षले पोखरा महानगरबाट सिफारिस लिएर प्रमुख जिल्ला अधिकारीसँग सिल गर्ने प्रस्ताव लैजान लागेको पौडेलले बताए। उनका अनुसार लामाचौर चोक, भक्तिपथ, सहरडहर, भण्डारी डहर, गैरीखोर, गैह्राबारीलगायत प्रभावित क्षेत्रमा आवत-जावतमा कडाइ गर्ने तयारी छ। बाँकी ६ जनामा कोरोना देखिएपछि उनीहरुका पनि कन्ट्याक्ट टेसिङ हुँदैछ।

मृतकको शव पोखरा ३२ को रातापैह्रामा व्यवस्थापन भइसकेको छ। यसअघि स्याङ्जाका संक्रमित पोखरामा उपचार गराउँदा मृत्यु भएपछि सोही स्थानमा संक्रमितको शव व्यवस्थापन गरिएको थियो। त्यतिबेला स्थानीयले अवरोध गर्दा प्रहरीले हवाई फायरसम्म गर्नुपरे पनि यसपटक भने कसैले अवरोध नगरेको प्रहरीले बताएको छ।

पोखरामा यसअघि २ जना संक्रमितको मृत्यु भएको थियो। पोखरा निवासी संक्रमितको मृत्यु भएको भने पहिलो पटक हो। अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण ५ जनाको ज्यान गइसकेको छ।

यो समाचार सेतोपाटीबाट साभार गरिएको हो।





Comments

comments

37978