घटेन जोखिमः उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन्।

काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

घटेन जोखिम
निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ।

फाइल फोटो

भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन भई जनजीवन सामान्य अवस्थामा आइपुगेको भन्दै ती देशका नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा गरेको हुनाले अवस्था सामान्य भएको उनीहरूको बुझाइ छ। यो समाचार गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन्।





Comments

comments

38164