सगरमाथाको उचाइ कति ? घोषणा गर्न चीनसँग समन्वय हुँदै…

विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल। नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ।

-

हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो।

सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भने । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ। उनले नयाँ उचाइ कति भनेर खुलाएनन्।

फाइल फोटो

नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ। अन्नपूर्ण पोस्टमा खबर छ।





Comments

comments

38160