कोरोनाबाट एकै दिन सबैभन्दा बढी मृत्यु, आईसीयू र भेन्टिलेटरमा चाप…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ।

-

शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको खबर गोरखापत्र दैनिकले प्रकाशित गरेको छ।

समाचार अनुसार कोरोना सङ्क्रमण बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ।

फाइल फोटो

मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार देशभर १४८ जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १५ जना सङ्क्रमित भेन्टिलेटरमा र १३३ जना सङ्क्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिँदै बाग्मती प्रदेशका मात्र ५२ जना आईसीयूमा रहेको बताए।





Comments

comments

38157