जसले चितुवासँग कुस्ती खेलेर आफूलाई बचाए…

लमजुङ – लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मरेको छ।

जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो।

‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई वचाउन आए।’ हरिबहादुरले भने ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिए।’ उनले देब्रे हातले चितुवाको आक्रमण छिक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको बताए। ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिनेट जति कुस्ति खेल्यौ।’ हरिबहादुरले भने ‘ खुर्पाको चोटले चितुवा थाक्दै गयो र आक्रमण गर्न छाड्यो।’

‘बुवाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउथ्यो, म टुहुरो हुनबाट बचेँ।’ छोरा रणजंग थापाले भने। चितुवाको आक्रमणबाट वचेका बुवा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चोट लागेको छ भने शरिरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताए।

तस्बिरः राजधानी दैनिक

घाइते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो । उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए।

जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घट्ना भएको जिल्ला वन कार्यालयले बताएको छ। सो घट्ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई छ। यो समाचार राजधानी दैनिकमा नवराज पहाडीले लेखेका छन्।





Comments

comments

38176