स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौँ – गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै मन्त्रालयले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सङ्क्रमित कसैप्रति दुव्र्यवहार गरेमा कानुनी कारबाहीको चेतावनी दिएको हो।

फाइल फोटो

त्यस्तै मन्त्रालयले कोरोना सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट भएका निर्णय तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न ७७ वटै जिल्लामा संयुक्त अनुगमन टोली परिचालनको व्यवस्था मिलाएको छ।

कोरोना सङ्क्रमणको जोखिम बढ्न नदिन काठमाडौँ उपत्यकाका तीनवटा जिल्लासहित ४८ जिल्लामा निषेधाज्ञा जारी छ । यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

38179