Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियाको नेपाल हाउसलाई आर्थिक सहयोग गर्नेहरुको लर्को

मीनप्रकाश उप्रेती/ एचकेनेपाल डट कम –
सउल। गैरआवासीय नेपाली सङ्घ कोरियाले स्थापाना गरेको नेपाल हाउसलाई आर्थिक सहयोग गर्नेहरुको लर्को लागेको छ। नेपाल हाउस व्यवस्थापन समितिले हाउसलाई दिगो र स्थायीत्वका लागि आर्थिक सहयोग गर्न आव्हान गरेको २ साता नहुदै यसरी सहयोग गर्नेहरुको ताँती लागेको हो।

हाउस ब्यवस्थापनकालागि १० करोड वनको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिए सँगै ब्यपारी, बुद्धिजीवीलगायत सर्वसाधरण समेत सहयोगकालागि आतुर देखिएका हुन। हालसम्म ३ करोड वनमाथि आर्थिक सहयोग जुटि सकेको एन आर एन कोरियाका अध्क्षय विनोद कुवरले बताए।

कस्तो छ त नेपाल हाउसको लक्ष्य ?
हाल संचालन हुँदै आएको हाउसलाई परिमार्जित गरी दुई सय जनासम्म अट्न सक्ने सभा हलको व्यवस्था गर्ने,
आपत् विपत् र बेरोजगार महिला तथा पुरुषहरुलाई छुट्टा छुट्टै बासस्थानको व्यवस्था गर्ने,
एकै चोटि कम्तीमा दुईवटा सङ्घ संस्थाहरूले बैठक गर्न सक्ने बैठक स्थलको निर्माण गर्ने,
हलभित्र विभिन्न डकुमेन्ट्रीहरु प्रर्दशन गर्न सकिने गरी स्थायी प्रोजेक्टरको व्यवस्था गर्ने रहेका छन् ।

यसैगरि उत्कृष्ट साउण्ड सिष्टमको जडान , नेपाल झल्कने विभिन्न सामाग्रीहरूको सजावट र डिजाईन र स्थायी कर्मचारीको व्यवस्था गर्ने रहेका छन्।

के छ चन्दा दाताहरुको हकमा ?
५ लाख ओन वा सो भन्दा बढी आर्थिक सहयोग गर्ने संस्थाहरूको लागि बैठक पुस्तिका वा अफिसियल सामाग्री राख्न मिल्ने र्याक निर्माण गरिने ,
१० लाख वनदेखि २० लाख वनसम्म आर्थिक सहयोग गर्ने संस्थाहरूको लागि बैठक पुस्तिका वा अफिसियल सामाग्री राख्न मिल्ने रयाकसहित ताम्रापत्रबाट सम्मान गरिने रहेको छ।

उता चन्दा दाताहरुले प्रदान गरेको सहयोग रकमलाई न्यूनतम १ लाख वन भन्दामाथि भएमा हाउसभित्र सबैको क्रमबद्द रूपमा छुट्टाछुट्टै शिलालेख राखिने जानईएको छ।

यसै गरी सहयोग रकमको आधारमा २० लाख वनदेखि करोडौ वनसम्म आर्थिक सहयोग गर्ने चन्दा दाताहरुको हकमा हाउसभित्र रकम अनुसारको साईजमा बोर्ड निर्माण गरिने रहेको छ।

यसैगरि हउसलाई थप सहयोगका लागि कोरियन पर्व सलनालमा माहामेला सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ।





Comments

comments

3822