कोरोनाको आयुर्वेदिक औषधिको अनुसन्धान…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौँ – कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुसन्धान गरिरहेको छ।

त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । सो औषधिको प्रयोगले दुई साताभन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन्।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड–१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको जानकारी दिए । त्यसक्रममा उनले औषधि अनुसन्धान गरिरहेको जानकारी पनि दिए।

फाइल फोटो

पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डरको विषय हो तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये २१३ जना बिरामी निको भएर घर फर्किएका छन्। यो समाचार गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38232