हट्यो ‘वर्क फ्रम होम’, सबै सरकारी सेवा सुचारु हुने…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौं – कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ। बन्द रहँदै आएका केही सरकारी सेवा बिहीबारदेखि नै सुचारु भएका छन्।

सरकारले सबै सरकारी सेवा बिहीबारदेखि नै सुचारु गर्ने निर्णय गरे पनि कतिपय सरकारी कार्यालयले भने बन्द रहेका सेवाहरू बिहीबार सुचारु गरेनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको निर्णयका बारेमा सबै सरकारी कार्यालयलाई सर्कुलर गर्न नसक्दा सबै सरकारी कार्यालय एकैपटक सुचारु हुन नसकेका हुन्।

सरकारले पटक पटक लगाएको निषेधाज्ञा र लकडाउनका कारण देशभरका सरकारी कार्यालयका झन्डै ८० प्रतिशत कर्मचारीहरूले घरबाटै काम गर्दै आइरहेका थिए । घरबाटै काम गर्ने नीति बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । जसका कारण सर्वसाधारण केही महिनादेखि सरकारी सेवाबाट विमुख हुँदै आएका थिए।

फाइल फोटो

सरकारले सेवा सञ्चालन गर्ने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, यातायात कार्यालय, खानेपानी कार्यालय तथा विभिन्न स्थानीय तहले बन्द रहेका सबै सेवाहरू सुचारु गर्न सकेका छैनन्।

पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कार्यालय, निकाय र संस्थानहरूले नियमित रूपमा कार्यालयको सेवा सञ्चालन गर्ने र यसरी सेवा सञ्चालन गर्दा सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्ने गराउने निर्णय गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ।





Comments

comments

38515