नेपाल–चीन नाका ठप्प, नेपालका व्यापारीका धेरै सामग्री अलपत्र..

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौँ – चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो। नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन्।

त्यसै कारण रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात ठप्पजस्तै छ । यसबाट नेपालका व्यापारीका धेरै सामग्री अलपत्र परेका छन्।

२०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि विकल्पका रूपमा रसुवागढी नाका खोलिएको हो । भूकम्पलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ पनि आयात गर्न प्रयोग गरिएको यो नाका कोभिड–१९ का कारण गत माघदेखि नै ठप्प छ।

फाइल फोटो

पूर्वाधार निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द छ । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्किएका छन्।

रसुवागढी नाका चीनले आफ्नो नयाँ वर्ष मनाउन गत माघमा एक साताका लागि बन्द गरेको थियो । त्यसबेलादेखि नै नेपाल–चीन भन्सार नाका केरुड–रसुवागढीबाट आयात ठप्प रहँदै आएको हो । नयाँ वर्षसँगै चीनको वुहानमा कोभिड–१९ महामारी पैmलन थालेपछि चीनले सबै नाका बन्द गरेको थियो।

कोरोना महामारीकै बीच चीनले अन्य देशसँग व्यापार सहजीकरणमा ध्यान दिएर व्यापार विस्तार गरिरहेको छ तर नेपालसँगको समस्यामा भने खासै चासो नदिएको सम्बद्ध अधिकारीको भनाइ छ। यो समाचार गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदी र चित्र मिजारले लेखेका छन् ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

38521