बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन्।

गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा नाङ्गो अवस्थामा र शरीरमा नीलडामका चोटसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिजुली कामीकी १२ वर्षीया छोरीको शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए। स्थानीय भातेखोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक रुपक खड्काको टोली घटनास्थल पुगेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन्।

प्रतिकात्मक फोटो

प्रहरी उपरीक्षक खड्काले घटना हेर्दा रहस्यमय भएको बताए। उनका अनुसार सोही गाउँका १६ वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेतमा ल्याउने तयारी गरिएको उनले बताए।

बालिकाले कानमा लगाएको सुन लुछिएको र शरीरभरि नीलडाम हुँदा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। (रासस)

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38601