Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङ तरहरा (हाँसपोसा) को अध्यक्षमा पुनः कालसिंह राई

नविन गुरुङ / एचकेनेपाल डट कम-
हङकङ। हङकङ तरहरा (हाँसपोसा) मञ्चको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा कालसिंह राईलाई पुनः अध्यक्ष निर्वाचित गर्दै दोस्रो कार्यकालको पनि जिम्मेवारी दिएको छ।

पुनः निर्वाचित भएपछि फोन सम्पर्कमा राईले हङकङमा रहेका हाँसपोसावासी तथा हाँसपोसाप्रेमीहरुलाई एकताको मालामा बाधेर सम्बृद्धिको लागि अगाडि बढाउने बताए।

‘मलाई विश्वास गरेर पुनः अध्यक्ष पदमा निर्वाचित गराउनु भएकोमा सम्पूर्ण सदस्य मित्रहरुलाई धन्यवाद दिदै सबैको सल्लाह र सुझाब अनुसार हङकङ्गमा रहेका सम्पूर्ण हाँसपोसावासीहरुलाई एकवद्ध गराउने छु।’, राईले भने, ‘र, हङकङ्गमा रहेर पनि हाम्रो जन्मोथलोको विकास र सम्बृद्धिका लागि हामी समयानकूल उचित सहयोग गर्ने छौं।’

मञ्चमा उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष तथा सह कोषाध्यक्षमा क्रमशः गंगा देवान, किरण तामाङ, ईन्जिनियर सुरज राई, मिरा कार्की तथा रीता थापा निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरुमाः मनिराज गुरुङ, मकर राई, हेमन्त राई, वसन्त गुरुङ, सञ्जिब राई, प्रतीक राई तथा युवराज थापामगर निर्वाचित भएका छन्।

क्यान्सर पीडित साहित्यकार तथा शिक्षासेवी स्वर्गिय प्रसाद राई, विभिन्न क्लब तथा संघसंस्थालाई मञ्चले विभिन्न समयमा आर्थिक सहयोग गरिरहेको छ। त्यस्तै, हाँसपोसाका कमेडियन गायक तथा कलाकार गुरूङ सोल्टी लगायातलाई हङकङमा स्वागत तथा सम्मान गरिसेकेको छ।





Comments

comments

3864